चट्याङ लागेर एक किशोरीको मृत्यु
रुकुम / सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जना किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।
घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।