‘पुरानो घाउ बल्झेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक 0 Shares ३० आश्विन २०८३, शुक्रबार काठमाडौं । गायक राजु तामाङ र गायिका रजिना रिमालको स्वरमा सजिएको गीत ‘पुरानो घाउ बल्झेछ, बैगुनी मायाले सम्झेछ’ अर्थात् ‘जाली माया–२’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो शनिबार केबल लामा म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको संगीत संयोजन कुशल सिंह नील र अमोस तामाङले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्र र अमोस तामाङले गरेका हुन् भने गीतको रेकर्डिङ ध्वनिक नेपाल एचडी स्टुडियोमा गरिएको हो। केवल लामा थिङको कथा तथा अवधारणामा तयार भएको म्युजिक भिडियोमा विजय लामा, रुकमान लिम्बु, भीम लिम्बु, खुशी थुलुङ, श्याम ब्लोन, रिवाज गौतम, प्रतिमा गिरी, लालधोज तामाङ, निरु तामाङ र निधि गुरुङलगायत कलाकारको अभिनय रहेको छ। युवराज वाइबाको निर्देशनमा बनेको भिडियोको छायाङ्कन दीपक गिरीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन तथा लेबलको जिम्मेवारी केवल लामा थिङले सम्हालेका छन्। पृष्ठभूमि संगीत प्रदीप श्रेष्ठले तयार पारेका छन् भने उत्पादन व्यवस्थापन लोमस पौडेल र बिकेश नोर्बुले गरेका छन्। पोस्टर डिजाइन बिकेश पाण्डेले गरेका हुन्। मेकअप रोजिना श्रेष्ठले गरेकी छन् भने डबिङ प्रदीप श्रेष्ठले गरेका छन्। प्रेम, विछोड र विगतका भावनात्मक घाउलाई समेटिएको गीतको आधिकारिक म्युजिक भिडियोलाई दर्शक तथा स्रोताले मन पराउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।