भोटेकोशी बाढी- अहिलेसम्म २७० जनाको शव फेला 0 Shares काठमाडौं – रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ । प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो । यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । देशका विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् । २८ जना प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।