नेपालकै सर्वाधिक ठुलो धनराशिको “Face of SY – Brand Ambassador Hunt” को उपाधि मलाईसा आचार्यलाई

काठमाडौँ — SY Entertainment द्वारा आयोजना गरिएको “Face of SY – Brand Ambassador Hunt” को ग्राण्ड फाइनल सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि मलाईसा आचार्य ले जितेकी छन्।

देशभरबाट सहभागी भएका प्रतिस्पर्धी मध्य फाईनलमा १५जना पुगेका थिए। जसमा मलाईसा आचार्य निर्णायकहरूको मूल्याङ्कन, आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिका आधारमा विजेता बन्न सफल भएकी हुन्। उनले एक करोड पांचलाख रूपैया धनराशि प्राप्त गरिन् । यस्तै फस्ट रनर अप सारा लामाले ५४ लाख रुपैंया र सेकेन्ड रनर अप अपिल योन्जनले नगद ३ लाख सहित ३०लाख रुपैंयाको भौचर प्राप्त गरेका छन्। 

ग्राण्ड फाइनल कार्यक्रममा विभिन्न चरणका प्रस्तुति, र्याम्प वाक तथा अन्तिम प्रश्नोत्तर सेसन सम्पन्न गरिएको थियो।

जजका रूपमा मिस नेपाल सुगारीका केसि, नायक दिक्पाल कार्की, नायिका उषा रजक थिए।

कार्यक्रम आयोजक SY Entertainment का अनुसार, प्रतियोगिताको उद्देश्य नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ प्लेटफर्म प्रदान गर्नु रहेको छ। विजेता बनेसँगै मलाईसा आचार्य SY Brand Ambassador को रूपमा आबद्ध हुनेछिन्।

कार्यक्रममा निर्णायक मण्डल, कलाकार, मिडिया प्रतिनिधि तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकले प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूला अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्