तपाईको राशि कुन ? मनकामना मन्दिरको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल ! प्रकाशित मिति : 28 March, 2022 7:31 am काठमाडौं । आज चैत्र १४ गते सोमबार तपाईको राशि कस्तो छ ? हेर्नुहोस राशिफल ! मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन जानेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ । मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।(ज्यो.प. नारायणप्रसाद दुलाल)