सुनको मूल्य घट्यो
काठमाडौं भदौ १० / पछिल्लो समय लगातार बढेको सुनको मूल्य मंगलबार भने घटेको छ। छापावाल सुन सोमबारको तुलनामा मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको हो। हिजो ७३ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको जानजकारी दिएको छ।
भदौ महिनामा पहिलोपटक सुनको भाउ घटेको हो। चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी आज पनि ८ सय ६० रुपैयाँ तोलामै कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि धेरै महँगो भएको हो।