गायक राजेश पायल राईको आवाजमा रहेको ‘देउशी भैलो’ गीत सार्वजनिक काठमाडौँ, २२ असोज / नेपाली हिन्दुहरुको पर्व विजया दशमी तथा शुभ दिपावली २०७५ को संघारमै लोकप्रिय गायक राजेश पायल राईको आवाजमा रहेको ‘देउशी भैलो’ गीत सार्वजनिक भएको छ । आईतवार राजधानीको रातोपुलस्थित रक हाउसमा एक समारोहबीच एल्वम ‘शिरफुल शिरैमा’ को विमोचन गरिएको छ । उक्त एल्वमलाई लोकप्रिय गायक राजेश पायल राई, गायक विनोद खम्बु, प्रेम राई, पदम राई, र गायिका मनिता राई लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । प्रेम राईको पहिलो गीति एल्वम ‘शिरफुल शिरैमा’को विमोचन समोरहमा ‘देउशी भैलो’ गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै राजेशपायल राईले ‘शिरफुल शिरैमा’ एल्वमले नेपाली गीत संगीतमा नयाँ आयाम थपिएको भन्दै प्रेम राईलाई बधाई तथा शुभकामना दिए । उनले नेपाली गीत संगीत क्षेत्रमा स्वागत रहेको बताउँदै प्रेम राईबाट केहि नयाँ उत्साह थपिने विश्वास ब्यक्त गरे । अमेरिकामा बस्दै आएका प्रेम राईले नेपाली गीत संगीतप्रतीको माया र मेहनतले गीती एल्वम ‘शिरफुल शिरैमा’ निकाल्न सफल भएको बताए । शिरफुल शिरैमा एल्वमभित्र आठ गीतहरु समावेश रहेको छ । ‘देउशी भैलो’ बोल रहेको गीतको भिडियोमा स्वंयम राजेशपायल राईको अभिनय रहेको छ, भने उमेश राई फुलन्देकी आमा, गायक विनोद खम्बु, अनु लिम्बु, दीपा तामाङ, महेन्द्र राई, पदम राई, अमर राई र अमर तामाङलगायतले अभिनय गरेका छन् । राकेश किरातीले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका छन् । प्रेम राईको शब्द रहेको गीतमा गायक तथा संगीतकार विनोद खम्बुले संगीत भरेका छन् । चन्दु थापाले एरेन्ज गरेको गीतको भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका छन् । भिडियो‘ http://https://youtu.be/nKmIQ6GszS4 Go backYour message has been sent Name(required) Warning Email(required) Warning Website Warning Message Warning Warning. Submit Go backYour message has been sent Name(required) Warning Email(required) Warning Website Warning Message Warning Warning. Submit