एसएसओजि ग्रुपले गर्यो एकै साथ् दुईवटा म्युजिक भिडियो सार्वजनिक काठमाडौ, / एसएस ओजिले एकै साथ् दुईवटा म्युजिक भिडियो सार्वजनिक गरेको छ । काठमाडौको सोह्र खुट्टेमा एक कार्यक्रमको आयोजना गरेर “प्रेम बाट” र “चुल्ठिवाली” बोलको दुईवटा म्युजिक भिडियो बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै “प्रेम बाट” का शब्द रचनाकार रेमन राईले भने, साहित्य -संगीतको सृजना त्यति सजिलै हुन सक्दैन । गीत/साहित्य सृजना हुनलाई दुख, पिडा,चोट, हण्डर,ठक्कर खानुपर्छ या त खुसि प्राप्त गर्नु पार्छ । अनि मात्रै गीत/साहित्यको सृजना हुन सक्छ । यस्तै यो गीतको शब्द रचना गर्नुमा पनि यस्तै पिडाहरु लुकेको छ । आफूले जिवनमा नराम्रो धोका पाएपछि यो गीतको सृजना हुन पुगेको बताए । यस्तै कार्यक्रममा म्युजिक भिडियोका निर्देशक दिनेश माङ्मुले हतारमा काम गरिएको भएपनि आउट पुट भने राम्रो आएको बताए । गायिका निशा राई, संगीतकार ईशान राईले पनि आ-आफ्नो धाराणा राखेका थिए । “प्रेमबाट” मा स्वर निशा राईको रहेको छ भने, संगीत ईशान राईले गरेका हुन् । यो गीतको एरेन्ज भने महाराज थापाले गरेका छन् । मिलन क्षेत्री, सलिना घिसिङ्ग, अशोक लिम्बु र माया लामाले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन् । विकास धमलाले सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । यस्तै अर्को म्युजिक भिडियो “चुल्ठिवाली” पनि सार्वजनिक भएको छ । सुजन आङ्गदेम्बेको स्वरमा रहेको यो गीतलाई उदय नेम्वाङ्ग र सुजन आङ्गदेम्बेले संगीत गरेका छन् । यो गीतको एरेन्ज भने कृष्ण लिम्बुले गरेका हुन् । ह्यारी योञ्जन मेनुका साउदेन लिम्बुले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन र विकाश धमलाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोको निर्देशन पनि दिनेश माङ्मुले नै गरेका हुन् । भिडियोहरु हेर्नको लागि तल क्रमश क्लिक गर्नुहोस । http://https://www.youtube.com/watch?v=ympu2zAdMlk http://https://youtu.be/-0lIEEG2eDQ Go backYour message has been sent Name(required) Warning Email(required) Warning Website Warning Message Warning Warning. Submit Go backYour message has been sent Name(required) Warning Email(required) Warning Website Warning Message Warning Warning. Submit