अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त
प्रकाशित मिति : 16 March, 2018 8:47 pm
वासिङटन, २ चैत (रासस÷एएफपी) अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
“विमानमा सात सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए ।
इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ ।
–––