जसको दोस्रो अन्तर्राष्ट्रिय उडान नै अन्तिम बन्यो


0
Shares

बीबीसी । पच्चीस वर्षीया पृथुला रशिदका लागि सह–चालकका रूपमा त्यो दोस्रो अन्तर्राष्ट्रिय उडान थियो। उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान पनि काठमाण्डूमै गरेकी थिइन्। उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन्। (बीबीसी) बांग्लासँग कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन्, उनका बुवा-आमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन।

उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन्। एक मात्र सन्तानले जीवनमा निरन्तर जोखिम हुने पेशा अँगालेको स्वीकार गरिरहेका थिएनन्।

रहमानले भनिन्, उनले यो पेशा अँगालेदेखि नै यस्तो प्रकारको जोखिम हुन्छ भन्ने हामीलाई थाहा थियो, तर उनी आफ्नै रुचीका कारण विमानचालक बन्न पुगिन्। उनी विभिन्न प्रकारका विषयहरुबारे जान्न चाहन्थिन्। तासामिन रेहमान ओमीले रशिदको मन एकदम कमलो भएको र उनले घरमा खरायो र माछा पालेकी पनि बताइन्।रशिदले सडकका भुस्याहा कुकुरहरूलाई पनि धेरै माया गर्ने गरेको बताउँदै, सानो छँदा उनले आफ्नो बुवाको इन्हेलरको प्रयोग गरेर सासको समस्या भएको कुकुरको उपचार गर्ने प्रयास गरेकी थिइन्।

उनको उपस्थिति नै अरुलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो। कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुशी हुन सक्थ्यो। सोमबार काठमाडौं मेडिकल कलेजले युएस बाँग्ला विमान दुर्घटनामा मृत्यु हुनेमा सहचालक पृथुला रशिद पनि रहेको पुष्टि गरेको थियो।


प्रतिक्रिया दिनुहोस्