सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस 0 Shares काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि भेटवार्ताको समय तय भएको कांग्रेस दलका नेता आङ्देम्बेको सचिवालयले जनाएको छ । भेटमा बाढीपछि उद्धार, राहत र पुनःस्थापनबारे उच्चस्तरीय संसदीय समिति गठनलगायतबारे सभामुखको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको बताएको छ ।