उपराष्ट्रपति पनि पासाङ नै वन्ने निश्चित

 

काठमाडौं २३ फागुन : नेकपा (एमाले)ले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोर्हयाउने भएपछि उपराष्ट्रपतिमा पनि वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ दोहोरिने निश्चित भएको छ । संविधान जारी भएसँगै निर्वाचित भएका वर्तमान राष्ट्रपति र उपराष्ट्रपति करिब अढाई वर्ष मात्र बहाल रहने भएकाले दुवै जनालाई फेरि दोहोराउनु पर्ने नेताहरुले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्