देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी


0
Shares

डडेल्धुरा / निर्वाचनपटि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।  ‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्,’ कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्,’ डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।’

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।देउवा बोलिरहँदा कार्यकर्ताले ुस्वेच्छाचारी बन्न पाईंदैनु भन्दै नाराबाजी गरो थिए ।, आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।


प्रतिक्रिया दिनुहोस्