पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य प्रकाशित मिति : 6 June, 2018 6:49 am काठमाडौं / निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो । पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् ।, आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।