लिम्बुहरु आपुङ्गी राजा नै हुन : अनिल थलङ् प्रकाशित मिति : 5 June, 2018 7:04 pm अनिल थलङ् काठमाण्डौं २०७५ जेठ २२ गते । नेपालको राजनीति परिवर्तन संगै विशेष गरि लिम्बुहरुको धर्ममा बृहत् उत्तार चढाब आएको देखिन्छ ।बि।स। १८३१ मा पृथ्वीनारायण शाह र लिम्बुवान बिच दुई पक्षीय वार्ता हुनुभन्दा अगाडि लिम्बुहरुले किराँत धर्म नै लेखेको पाइन्छ ।उत्तिबेला लिम्बुहरु धर्मिक रुपमा एक रुपत्ता नै थिए तर भौगोलिक रुपमा अपुङ्गी राज गरेर बसेका थिए । जुन समयमा आपुङ्गी लिम्बुहरु एक अर्का बिचमा नै भौतिक कारबाही र लडाइँ गरि अङ्गभङ्ग भएका प्रशस्त मानव कंगालहरु पाइन्छ। देशको राजनीतिक परिवर्तनले लिम्बुहरुको आस्था तथा धार्मिक सहिष्णुतामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।बि।स।१८३१ पछि नेपालको विकराल राजनीतिक अस्थिरताले झन लिम्बुहरुलाई धार्मिक रुपमा अङ्गभङ्ग नै बनाइदियो। त्यस पछि लिम्बुहरुको धार्मिक क्रान्ति नै सुरु भए जस्तो देखिन्छ कोहि हिन्दु भए कोहि क्रिसियन र अरु किराँत रहे । यो क्रम जारी रहदा रहदैं फाल्गुन्द लिङ्देन युग नै सुरु भयो ।त्यसपछि झन एक प्रकारको लिम्बुहरु बिच विभेदकारी धर्मले उपमा पाउन थाल्यो र यहाँ सम्म पुग्दा केहि रहेका किराँत लिम्बुहरु पनि तिन धर्ममा विभाजित भएका छन् । १. किराँत धर्म (मौलिकवादी) २. किराँत धर्म (सत्तेहाङ र आधुनिकवादी) ३. युमा साम्यो धर्म (परिवर्तित ) अबको चुनौती हाम्रो स्वीकार्य धर्मको खोजी हो। हामी लिम्बुहरु युमा साम्यो हौ या होइनौं भन्ने तथ्य गौण विषय हो । मुन्धुममा उल्लेख भए अनुसार मानव सभ्यताको उत्पत्ति तथा विकास हिमालयको आसपासमा भएको हो। उत्तm ठाँउ लाई पारुङ मारुङ फुक्को भनिन्छ। यो लिम्बुहरुको पवित्र आस्थाको अटल हिमालय फक्ताङ्लुङ कुम्भकणको फेदको सेरोफेरोमा पर्छ । यहाँ मैले चर्चा गर्न खोजेको विषय हाम्रो धर्म,सस्कृती तथा परम्परा हरु केहि पुरातनवादी र बढी अन्धभत्तmभोगी र विकृति पनि होलान । यि यस्ता मुल्य मान्यताहरुलाई समय अनुकूल सुधार हुनु आवश्यक छ तर सुधार भन्दैमा रूपान्तरित धर्म बनाउनु हुँदैन । मुल्य मान्यताको सुधार मौलिकतामा हुनु पर्छ तर सिर्जनात्मक हुन सक्दैन । यहाँ आधुनिकवादीहरु हिन्दु नै किराँत हो र किराँत नै हिन्दु भन्दै हिड्ने साथै मौलिकता भन्दा फरक रुपमा आफ्नो मान्यताको विकास गर्ने अनि मौलिकवादीहरु न समयमै आफ्नो पहिचानको पुस्तान्तिकरण गर्न तिर लाग्छन् न धर्म हो राम्रो अभ्यास नै गर्छ्न ।बाँकी रह्यो युमा साम्यो पछिल्लो नेपालको जातिय सहअस्तित्वको घटना क्रम हेर्दा यसले पनि पुनः लिम्बुहरुलाई दुर्गन्धित धार्मिक क्रान्तिको जग सुरुवात गरे जस्तो मात्र लाग्छ । नेपालको प्रत्येक द्वन्द्वात्मक राजनीतिक परिवर्तनले हाम्रो इतिहास देखी लिएर विभिन्न पुरातात्त्विक सम्पदाको ध्वस्त गरेको अवस्थामा भएका सम्पदाको उचित संरक्षण र स्वीकार्य धर्म निर्माणका लागी लिम्बुहरु एक ठाँउ हुनुको विकल्प छैन । यस्तो बिरोधाभाषपुर्ण समयमा किराँत याक्थुङ चुम्लुङको कि.या.चु. उपस्थिति भई सशक्त हुनु पर्ने र उपयुक्त बिन्दु खोज्नु पर्ने ठाँउमा कि।या।चु सम्बद्ध अग्रज व्यत्तित्वहरु नै विवादित रहनु । लिम्बुहरुको धार्मिक भविष्य द्वन्द्वात्मक र कि।या।चु।को कमजोर समन्वय भन्ने बुझिन्छ ।यद्यपि लिम्बुहरु अपुङ्गी नै हुन । २१ औँ शताब्द्धीमा पनि व्यतिगत बौद्धिकताको राज गर्न खोज्ने विलक्षणविहिन आपुङ्गी राजा हुन।