टिकटक अनि हाम्रो समाज !
प्रमिला भण्डारी
हुन त जुनसुकै कुराको पनि राम्रो र नराम्रो पक्ष हुन्छ नै । हामीले कुनै पनि वस्तुको महत्त्व बुझेर त्यस वस्तुको सही प्रयोग गर्न सके फाइदा र नकरात्मक प्रयोग गर्दा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा व्यक्ति, परिवार र समाजलाई नै असर पर्न जान्छ ।
वर्तमान समयमा हेर्न हो भने विभिन्न किसिमका भिडियो बनाएर विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने र फलोअर्स, लाइक, भ्यु बढाउने होडबाजी नै चलेको पाइन्छ । यसले हामी र हाम्रो समाजलाई कस्तो प्रभाव परिरहेको छ ? कस्तो अवस्था छ ? सजिलै आकलन गर्न सकिन्छ । टिकटक जस्ता सामाजिक सञ्जालले नेपाली समाजलाई कता डो¥याइरहेको छ रु अहिले सोचनीय कुरा भैसकेको छ ।
विश्वका अधिकांश मुलुकमा टिकटकले आफ्नो बजार लिइरहेको देख्न सकिन्छ । पाँच–छ वर्षका बालबालिकादेखि लिएर साठी–सत्तरी वर्ष उमेर समूहका बूढाबूढीहरू माझ सम्म लोकप्रिय बनेको छ । हरेक कुराको राम्रो नराम्रो पक्ष हुन्छ । यही सवालमा पक्कै पनि टिकटकका राम्रा पक्षहरू उत्तिकै चर्चा योग्य छन् । यसका राम्रा पक्षलाई हामीले नकार्न मिल्दैन् । यसले मानिसहरूको कला, गला सहजरूपमा सार्वजनिक गर्न निकै सहयोग गरेको छ । टिकटकका कारण केही व्यक्तिले अभिनय, सङ्गीत जस्ता अन्य कला एवं सिर्जनात्मक अवसरहरू पाएका छन् । विषेश गरी त व्यावसायीहरूले एउटा प्रचारको बाटो नै पाएका छन् ।
तर, नेपालमा टिकटकको राम्रा पक्षहरू भन्दा नराम्रा पक्षहरू बढी हाबी भएको पाइन्छ । राम्रा पक्ष र नराम्रा पक्षको विचार नै नगरी अर्काको अनुकरण गर्ने नेपाली समुदाय पनि टिकटकमा निकै नै रमाएको देखिन्छ । यही सामाजिक सञ्जालमा भाइरल हुने क्रममा कतिपयको घरको छतबाट लडेर, भीरबाट खसेर मृत्यु भएका खबरहरू हामीले देख्ने र सुन्ने गरेका छौँ । भिडियो बनाउने र बनाइएका भिडियोहरू विषयवस्तु नै नलाग्ने विषयलाई लाखौँले हेरेर हजारौंले कमेन्ट, लाइक, शेयर गरिरहेका हुन्छन् । अनावश्यक विषय हेरेर समय बरबाद गरिरहेको देखिन्छ । युट्युबमा आएका घर झगडा र काण्डको भिडियो क्लिपहरु टिकटकमा नै भाइरल हुने गर्छ । उक्त भाइरल भएका भिडियो हेर्ने जमात पनि धेरै हुन्छ । जे बिक्छ त्यही बेच्ने हो भन्ने सोचले पनि यो सब हुँदै छ । तर, यस्तो भिडियो सामग्रीले भविष्यमा मात्र नभएर अहिलेको हाम्रो समाज वा हामीलाई के असर पारेको छ र पार्न सक्छ भनेर छलफल गर्ने समय चाहिँ भएकै हो । भाइरल हुनलाई जसरी हामी मरिहत्ते गर्दै छौँ त्यसले सीमित केहीलाई त फाइदा गर्ला तर कतिपयलाई यो श्रापको स्वरुप नै हुन्छ ।
नेपाली समाजमा दिन प्रतिदिन ‘भाइरल हुने इच्छा’ व्याप्त भएको देख्न सकिन्छ । केहीसमय अगाडि मात्र विभिन्न महोत्सवमा पनि भाइरल हुने नाममा विभिन्न असामान्य लाग्ने खालका भिडियोहरू अपलोड गरेको देखियो । यस्ता भिडियोहरुलाई नजर अन्दाज गर्नुको सट्टा कयौँँ मानिसहरुले भाइरल हुने नाममा केही नबुझि झन भिडियो बनाउँदै पोष्ट गरेको पनि उत्तिकै देख्नमा आयो । यहाँ प्रसिद्ध हुने इच्छा गर्नु समस्या होइन तर प्रसिद्ध हुनका लागि जे पनि गर्न तयार हुने र त्यहाँसम्म कसरी पुग्ने योजना नहुदाँ चाहीँ त्यसले समस्या ल्यादिन्छ । किनकी प्राय सोसल मिडियाबाट आउने फेम छोटो समयको लागि मात्र हुन्छ । यसका जलन्त उदाहरणहरु हाम्रै समाज वरिपरि देख्न र सुन्न पाइन्छ ।
आज आधुनिक प्रविधि भित्र्याउने र भाइरल हुने नाममा नेपालीहरुको वास्तविकता नै हराएरको छ । यहि कारण अस्तित्वविहीन हुने अवस्थामा नेपाली समाज आइसकेको अनुभव गर्न सकिन्छ । मोबाइल, फेसबुक, युट्युब, टिकटक आदि सामाजिक सञ्जाल नभएका समयमा जसरी आफूभन्दा ठूला मान्छेका कुरा सुन्ने, उनीहरुका अनुभव सुन्ने, रमाइलो गर्ने, एक–अर्काको अनुभव आदानप्रदान गर्ने लगायतका संस्कृतिहरु नेपाली समाजबाट हटिसकेको पाइन्छ । पहिले पहिलेका बुबा आमा पढेलेखेका नहुनु त्यो आफ्नो ठाउँमा थियो । उनीहरुसंग किताबी ज्ञान नभए पनि व्यवहारिक ज्ञान पक्कै पनि धेरै थियो । तर, के आजकलका सबै पढेलेखेका आमाबुबाले आफ्ना सन्तानहरुलाई सही ज्ञान र संस्कार दिएका छन् ? पहिले गाउँघरमा छोराछोरी स्कूलबाट आउँदा आमाले मिठो गरि खाजा तयार गरि दिएका हुन्थ्ये भने अहिले छोराछोरी स्कूलबाट आमा भन्दै आउँदा नकारन म टिकटिक बनाउँदै छु सुन्नमा आउँछ ।
नेपाल टेलिकमको पछिल्लो तथ्यांक अनुसार तीन करोड ६० लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । अर्थात् नेपालको जनसंख्याभन्दा पनि धेरै । ती प्रयोगकर्ताहरु मध्ये ७५ प्रतिशतले मोबाइलमा इन्टरनेट चलाउने गरेको पाइन्छ भने २५ प्रतिशतले मात्र इन्टरनेट लाइनबाट सेवा लिइरहेका छन् । जनसंख्याको हिसाबले पछिल्लो तथ्यांक अनुसार नेपालमा झण्डै साढे एक करोड जनताले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् ।
आजभोलि युवापुस्ता देखि लिएर बृद्धाहरु पनि मोबाइल तथा विभिन्न सामाजिक सञ्जालमै व्यस्त भई रमाउन मन पराउने गर्दछन् । कतिपय अवस्थामा टिकटकमा रमाउन मन पराउने समुदायले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभावी भिडियो बनाई अपलोड गर्दा व्यक्ति तथा संगठनात्मक गोपनीयता पनि भंग भैरहेका घटनाहरु हुने गरेका छन् ।
नेपालमा अहिले लाखौँ मानिस टिकटक प्रयोग गर्छन् । धेरै फलोअर भएका केही प्रयोगकर्ताले यसलाई आयआर्जनको स्रोत बनाएका छन् । निश्चित सङ्ख्यामा फलोअर्स भएका प्रयोगकर्तालाई टिकटकले लाइभ गर्ने र गेम खेल्ने सुविधा दिएको छ । अन्य प्रयोगकर्ताले लाइभका बेला गिफ्ट दिन पाउँछन् । टिकटकमा पाएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ । अरूले पैसा कमाएको सुनेर केही प्रयोगकर्ताले त्यसको अनुकरण गर्न खोजेको देखिन्छ । पैसा कमाउने नाममा छोटो समयमा भाइरल हुन कयौ मानिसहरुले एकदमै सतही सामग्री पोस्ट गर्ने र लाइभमा अस्वाभाविक गतिविधि गर्ने गरेको पाइन्छ ।
मनोरञ्जनका गर्न केही सीमित समयका लागि त ठिकै हो । तर अहिले सयौ मानिसहरु आफ्नो दैनिकी नै छोडेर लाइभ बसेको देख्न सकिन्छ । एक दुई जना होइन फेरि आम मानिसदेखि यूट्यबर अनि सेलिब्रिटीसम्म त्यहीँ हुन्छन् । केही राजनीतिज्ञहरु टेलिभिजन लाइभ शोमा झगडा गर्ने, हात हालाहाल गर्ने, कोही जथाभाबी लेख्ने, बोल्ने र तिनै राजनीतिज्ञहरुलाई गाली गर्ने, मनमा जे लाग्यो त्यही बोल्ने माध्यम नै बनेको छ टिकटक । तथ्यहरुको पुष्टी गर्नु परेन, जथाभावी आँकडामा जे पायो त्यही आरोप लागाउन पाइयो छुट नै छ टिकटकमा ।
सकरात्मक पक्षबाट सोच्दा टिकटिक आय आर्जनको स्रोत बन्नु राम्रो होला । तर, भोलि टिकटकले उक्त सुविधामा रोक लगायो भने लाइभ र पैसाको लत बसेकाहरूको हालत कस्तो होला रु भने प्रश्न पक्कै पनि खडा हुन जान्छ । कुनै पनि कुराको असीमित प्रयोग र लत एक किसिमको असन्तुलन हो । चिकित्सकहरुका अनुसार भाइरल हुन मन लाग्नु पनि एक किसिमको क्रोनिक रोग नै हो । मानसिक विचलन हो । नेपालमा केही समययता लाखौँ मानिसहरुलाई भाइरल हुने क्रोनिक छ भन्दा फरक नपर्ला । लतले पारिवारिक, सामाजिक, शैक्षिक गतिविधिहरूमा असर पु¥याँछ । टिकटकमा हुने चर्चा सबै कुरा हो भन्ने विश्वास बढ्दो भएको पाइन्छ । ठिक, बेठिक छुटाउनुको साटो जे देखिएको छ त्यसैलाई यथार्थ मान्ने गरिन्छ । हरेक प्रसिद्ध (फेमस) विषयवस्तु राम्रो हुन्छ भन्ने छैनन् र हरेक राम्रो विषयवस्तु फेमस हुन्छ भन्ने पनि छैन् ।
‘धेरै खायो भने चिनि पनि तितो हुन्छ ।’ भने जस्तै भएको देख्निछ टिकटक । निश्चित समयभन्दा बढी प्रयोगका कारण टिकटक प्रयोगकर्ताहरूले आफ्नो उद्देश्य, जिम्मेवारी नै बिर्सिएका छन् । टिकटकमा रमाउने समुदायले पनि सचेत र इमानदारी भई यस्ता एपहरुको सदुपयोग गर्नु आवश्यक छ । यस्ता गलत भिडियो हेरी रमाउने समुदायहरुले पनि अबदेखि सन्देशहीन तथा सूचनाहीन विषयवस्तुका भिडियोहरुलाई बहिष्कार गर्न सक्नुपर्दछ ।
अहिले टिकटकमा धेरै मानिस सक्रिय छन् । तर, सिर्जनशीलता शून्य भएको देख्निछ । एउटाले जे गरेर चर्चामा आयो अरू सबैले उसैलाई पच्छ्याउँछन् । म एक जना विशिष्ट व्यक्तिले भएको कथन सम्झिन्छु, जुन कुरा चाडैँ प्राप्त हुन्छ । त्यो बिकाउ मात्र हुन सक्छ टिकाउ नहुन सक्छ । हामी टिकाउ काम गछौँ भने त्यसको लागि धैर्य गर्नु नै पर्छ । हामी त्यही बिकाउ कुरालाई टिकाउ बनाउँन सक्छौं । तर, बिक्ने कुरा मात्र पछि नलागौ । आज जे बिक्छ त्यसको मात्र पछि लागियो भने भोलि हामी पनि बिकाउ बन्न सक्छौं । त्यसैले धैर्य गरौँ र सही कुराको सही सदुपयोग गरौँ ।