स्ववियुमा निर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीलाई बधाई ज्ञापन

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिमा निर्वाचितलाई पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी)का तर्फबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । नेकपा (माओवादी केन्द्र) र अनेरास्ववियु क्रान्तिकारी ताप्लेजुङले स्ववियु समितिका नव(निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो । बुधबार साँझ माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी स्ववियुका पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) वैकल्पिक केन्द्रीय सदस्य मिङमा डण्डु शेर्पा, जिल्ला संयोजक विष्णुकुमार हाङ्‌वाङ सहितका नेतृत्वले स्ववियुका पदाधिकारीलाई बधाई दिनुभएको हो । त्यस्तै अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपमहासचिव प्रजिन हाङ्‌बाङ, केन्द्रीय सदस्य झरेन्द्र तिवारी, जिल्ला अध्यक्ष अनिता पन्दाक लगायतका पदाधिकारीले बधाई ज्ञापन गर्नुभएको हो ।

अखिल क्रान्तिकारीका तर्फबाट स्ववियु पदाधिकारीमा उपाध्यक्ष रोशन साउदेन, कोषाध्यक्षमा निकिता लिम्बू, सदस्यमा शान्तिला गुरुङ र सुजन लिम्बू निर्वाचित हुनुभएको छ । उहाँहरु चार जना स्ववियु समितिमा निर्विरोध निर्वाचित हुनुभएको हो ्र पाथीभरा क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गरी तीन विद्यार्थी संगठनबिचको सहमतिमा स्ववियु निर्विरोध चयन भएको हो ।


प्रतिक्रिया दिनुहोस्