मेडिकल पसलको आडमा नक्कली कागजपत्र बनाउने धन्दा, कोटेश्वरबाट समातिए एक युवक


0
Shares

१८ फागुन, काठमाडौं । विभिन्न संघ, संस्था तथा सरकारी कार्यालयहरुको छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजातहरु बनाउने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१७, रातमाटे घर भइ कोटेश्वर बस्दै आएका २४ वर्षीय कविर श्रेष्ठभनिने उदय थिङ छन् ।

 

 

बरामद गरिएको नक्कली परिचय पत्र र स्टाम्प ।

उनी होकटर हेल्थकेयर नामक मेडिकल पसलका सञ्चालक हुन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट समाज कल्याण परिषद्, लैनचौकको लेटर प्याडमा तयार पारिएका १५ पाना कागजात, उदय सिंहको नामको यूएन अभजर्भर लेखिएको परिचय पत्रको प्रतिलिपी एउटा, नेपाल फार्मेसी परिसर लेखिएको स्टाम्प एउटा, विभिन्न स्कुल तथा कलेज र परीक्षा नियन्त्रण कार्यालयको स्टाम्प समेत बरामद गरिएको छ ।

प्रहरीले थप अनुसन्धान थालेको छ । कानुनतः कागजात कीर्ते गर्ने व्यक्तिलाई १ वर्ष कैद हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्