फिफा विश्कप सुरु हुन १५ दिन मात्र बाँकी

मस्को, / फिफा विश्कप सुरु हुन १५ दिन मात्र बाँकी छ । विश्वभरका सबै फुटबल लिग  विश्राममा छन् । कुनै ठाउँमा सिजन सकिएको छ,  कुनै ठाउँमा सिजनको मध्यभागमा लिगलाई रोकिएको छ ।

फाइल तस्बिर

गतसाता युरोपको सिजन पनि विधिवत रुपमा अन्त्य भएको थियो । विश्वकपमा कुल ३२ राष्ट्र सहभागि छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा पहिलोपटक दुई टोलीले सहभागिता जनाउँदै छन् ।

आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । ११ सहरका १२ रंगशाला प्रयोग हुने प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्