२२ वर्ष बार्सिलोनामा बिताएपछि लेजेन्ड आन्द्रे इनिष्टा जापानमा प्रकाशित मिति : 24 May, 2018 11:52 am काठमाडौं,/ आन्द्रे इनियेस्टाले बार्सिलोनाबाट अन्तिम खेलपछि क्लब र समर्थकको प्रशंसा गरेका छन् । २२ वर्ष बार्सिलोनामा बिताएपछि उनले क्लब छाड्ने निर्णय लिएका हुन् । रियल सोसिडाडसँगको खेल बार्सिलोनाबाट उनको अन्तिम खेल थियो । बार्सिलोनाका लेजेन्ड आन्द्रे इनिष्टा जापान गएका छन्, जसलाई उनले नयाँ घर भनेका छन् । फाइल तस्बिर जे लिगको क्लब ‘भिसल कोबे’का मालिक हिरोसी मिकाटानीले उनलाई जापान लगेका हुन् । मिकाटानीले इनिस्टालाई निजी विमानमा लिन आएको तस्वीर ट्वीट गरेका छन् । भिसल कोबे’ जे लिगको छैटौं स्थानमा छ । गत सिजन नवौं स्थानमा रहेको थियो । ३४ वर्षीय इनिस्टाले यो सिजनको अन्त्यमा बार्सिलोनाको २२ वर्षे करियर अन्त्य गरेका हुन् । १२ वर्षको उमेरमा क्याटलानमा आवद्ध उनले २२ प्रमुख उपाधि जिते । ‘