विश्कपमा ब्राजिललाई अर्को चोटको समस्या

रियो  / सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल फिफा विश्वकप २०१८ मा ब्राजिललाई उपाधिको प्रमुख दावेदार टोलीको रुपमा हेरिएको छ । ब्राजिल सधैं बलियो दावेदारको रुपमा विश्कपमा सहभागी हुने टोली हो ।

फाइल तस्बिर
डिफेन्डर डानी आल्भेस घाइते हुनुले टोलीलाई ठुलो चोट पुगेको छ । यसबाहेक नेयमार पूर्ण रुपमा फिट नहुने सन्का पनि समर्थकमाझ छ । यस्तो अवस्थामा अर्का आक्रामक खेलाडीको चोटको खबरले ब्राजिलियन टोलीलाई टाउकोदुखाइ बनेको छ । इटालियन क्लब युभेन्ट्सलाई घरेलु लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका विंगर डग्लस कोस्टाले चोट बोकेका छन् । प्रशिक्षणका दौरानमा तिघ्रामा चोट लागेको ब्राजिलियन फुटबल फेडेरेसनका प्रमुख डाक्टर रोड्रीगो लास्मारले जानकारी दिएका छन् । उनले प्रशिक्षणका दौरान कोस्टा तिघ्राको चोट देखाएपछि मैदान छाडेको बताए ।

 

फाइल तस्बिर
कोस्टाले यसपटक सुरुआती रोजाईमा मौका पाउने सम्भावना कम भएपनि उनको भूमिका नेयमारको अनुप्सथितिमा भर पर्ने बुझिएको थियो । नेयमार चोटका कारण खेल्न नसक्दा उनि नै प्रशिक्षक टिटेको पहिलो विकल्पका रुपमा दरिएका थिए । उनको चोट धेरै गम्भीर नभएका कारण केहि दिन विश्रामपछि मैदानमा आउने लास्मरले जनाएका छन् । ब्राजिलले विश्वकपको समूह चरणमा स्विटजरल्यान्ड र क्रोएसियाजस्ता युरोपका ठुला टोलीको सामना गर्दैछ । नेयमारले विश्वकप अगाडी हुने अभ्यास खेलमा सहभागिता जनाएर आफ्नो फिटनेस सिद्ध पार्ने बुझिएको छ । कोस्टा पनि त्यसै समयसम्म खेलमा फर्कने विश्वास प्रशिक्षक टिटेले लिएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्