धरहरा दोहनमा महानगर मौन प्रकाशित मिति : 21 May, 2018 10:37 am राष्ट्रिय पुननिर्माण प्राधिकरढाले सुन्धारास्थित धरहरा क्षेत्रमा रहेकाा संरचना हटाउन निर्देशन दिए पनि काठमाडौं महानगरपालिका मौन बसेको छ । प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको थियो । प्राधिकरणले निर्देशन दिएको आईतबार ११ दिन पुग्छ । यतिका दिनसम्म धरहरा क्षेत्रका संरचना हाउने जिम्म पाएको महानगरपालिकाले कुनै प्रक्रिया थालेको छैन ।, आजको नागरिकमा यो खबर छापिएको छ ।