थ्री स्टारले मनाङलाई हराउँदै उदयपुर गोल्डकपको च्याम्पियन


0
Shares

उदयपुर,/  थरुहट रंगशालामा शनिबार भएको फाइनल खेलमा ललितपुरको रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा थ्री स्टारले चिरपरिचित प्रतिद्धन्द्धी मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

फाइल तस्बिर

पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो । उनले खेलको १९ औं मिनेटमा गोल गर्न सफल भएको थियो । उदयपुर गोल्डकपमा थ्री स्टार तेस्रोपटक च्याम्पियन बन्न सफ भएको हो । थ्री स्टारले दोश्रो र तेश्रो संस्करणको उपाधि जितेको थियो । यससँगै थ्री स्टारले यस सिजनको दोस्रो उपाधि जित्न सफल भयो । थ्री स्टारले सिजनको शुरुमा माइभ्याली गोल्डकप जितेको थियो । उदयपुर गोल्डकपको फाइनलमा पराजित भएसँगै मनाङ थ्री स्टारसँगको सातै भेटमा पराजित हुन पुग्यो ।

बैशाख २७ गतेबाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोलीले सहभागिता जनाएका थिए । उदयपुर गोल्डकपका उत्कृष्ट खेलाडीहरु सर्वोत्कृष्ट खेलाडी पिटर सेगुन थ्री स्टार, सर्वाधिक गोलकर्ता अजायी मार्टिन्स थ्री स्टार, ४ गोल उत्कृष्ट गोलरक्षक एलेन न्यौपाने थ्री स्टार, उत्कृष्ट डिफेन्डर विजय धिमाल थ्री स्टार, उत्कृष्ट मिडफिल्डर रुपेश केसी थ्री स्टार, उत्कृष्ट प्रशिक्षकः मेघराज केसी थ्री स्टार, दुवै टोलीले गोलका केही मौकाहरु खेर फालेका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा दुवै टोली १० खेलाडीमा समेटिएको थियो । मनाङका डिफेन्डर बिमल बस्नेतले मार्टिन्समाथि हातपात गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएको थिए । लगत्तै रेफ्रीले मार्टिन्सलाई पनि कार्ड देखाउदै मैदान बाहिर पठाएको थिए । दुवै टोली १० खेलाडीमा समेटिएपछि मनाङले खेलमा थ्री स्टारमाथि दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यस्तै थ्री स्टारका रुपेश केसीले पनि वान भर्सेस वानमा पनि गोल गर्नबाट चुकेका थए । मनाङका डोना थापा फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ७ हजार हात पारे ।

उपाधिसँगै थ्री स्टारले ५ लाख रुपैया प्राप्त गरे । दोस्रोस्थानमा चित्त बुझाएको मनाङले ३ लाख ५० हजार रुपैया प्राप्त गर्यो। थ्री स्टारका पिटर सेगुन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार रुपैया प्राप्त गरे । व्यक्तिगत विधातर्फका सवै खेलाडीहरुले जनही १० हजार रुपैया पाए ।


प्रतिक्रिया दिनुहोस्