एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

काठमाडौं /  अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् । विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट ९दक्षिण पूर्वी मोहोडा० बाट सगरमाथाको सफल आरोहण गरेका हुन् ।, आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्