इलाम निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित प्रकाशित मिति : 11 February, 2018 9:22 am इलाम । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन्। अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन् । चिपालुले ६३ मत ल्याए भने भक्तराजले ३७ मत प्राप्त गरे । संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित भए । त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी भएका छन् । यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी भएका छन् । रासस राष्ट्रिय समाचार समिति