ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे एमाले उम्मेदवार 0 Shares ४ माघ २०८२, आइतबार नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ। पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्। भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए।