नेपाललाई बेलायतले १ अर्ब रूपैयाँ राहत सहयोग गर्ने


0
Shares

काठमाडौं – नेपालको बाढी प्रभावितका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (एक अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रधानमन्त्री एन्डी बर्नह्यामले बताएका छन् ।

बाढीले नेपालमा पुर्‍याएको क्षतिलाई उनले बिडम्बनापूर्ण र हृदयविदारक भएको बताएका छन् । संकटको घडीमा नेपाल सरकारलाई सहयोग गर्न बेलायत सरकार सधैँ तयार रहेको बताउँदै उनले बाढीमा परी मृत्यु भएका नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका छन् ।

अहिलेको कठिन परिस्थितिमा नेपाललाई विश्वका विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता उनको छ ।


प्रतिक्रिया दिनुहोस्