रहस्यमय बन्दै श्रीदेवीको मत्यु स् दुबई प्रहरीले लियो पति बोनी कपुरसँग बयान


0
Shares

एजेन्सी । पोस्टमार्टम रिर्पोटपछि बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु रहस्यमय बन्दै गएको छ। श्रीदेवीको मत्यु शंकास्पद देखिएपछि दुबई प्रहरीले श्रीदेवीका पति तथा निर्माता बोनी कपुरसँग बयान लिएको छ।

दुबई प्रहरील पुलिस स्टेशन बोलाएर श्रीदेवीको मृत्युसँग जोडिएका रहस्यका बारेमा सोधपुछ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले बयान लिएपछि बोनीलाई होटेल जाने अनुमति दिएको थियो। बोनीले श्रीदेवीको मृत्यु भएको दाबी गरेका थिए।

दुबई प्रहरीले यतिबेला श्रीदेवीको मृत्युका बारेमा अनुसन्धान गरिरहेको छ। प्रहरीले उनका पतिसहित श्रीदेवीलाई अस्पताल पुर्याउने अन्य तीन जनासँग पनि सोधपुछ गरेको थियो। श्रीदेवीको शव अझै भारत ल्याइएको छैन्।

बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण भएको चर्चा चलिरहँदा पोष्टमार्टम रिपोर्टले भने रक्सीको नशामा बाथटबमा डुबेर भएको देखाएको हो। श्रीदेविको फरेन्सिक रिपोर्टमा उनको मृत्युको कारण ‘एक्सिडेंटल ड्राउनिंग’ अर्थात ‘दुर्घटनावश डुब्नु’ लेखिएको छ।


प्रतिक्रिया दिनुहोस्