विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्य

हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त मकालु एअरको विमान । विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान उडेको थियो । तस्बिर : सौजन्य–नेपाली सेना

सुर्खेत, २ जेठ /  सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुदाँ चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।

उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

मकालु एअरको विमान दुर्घटना
हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त मकालु एअरको विमानको उद्धार गर्दै नेपाल सेनासहित स्थानीयवासी । विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान उडेको थियो । तस्बिर ः सौजन्य–नेपाली सेना, रासस

उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६:१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्