नेपाल बन्द सकिए लगत्तै विप्लवको विज्ञप्तिः मालिक रिझाउन ओलीले राष्ट्रघात गरेको आरोप प्रकाशित मिति : 13 May, 2018 7:53 pm काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्दमा सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । आइतबार साँझ विज्ञप्ति जारी गर्ी विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको क्रममा राष्ट्रहित विपरित गतिविधिको विरुद्ध नेपाल बन्दमा सहयोग समर्थन गर्ने सबै राष्ट्रवादी शक्तिलाई धन्यवाद दिएका हुन् । “मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा फौज, नेपालका शासक प्रशासकले देशभक्त नेपाली जनतामाथि गरेको दमन र केपी ओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघातविरुद्ध पार्टीले वैशाख ३० गते नेपालबन्दको घोषणा गरेको थियो । उक्त बन्द नेपाली जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफलभएको छ । त्यसैले यो बन्दलाई सफल पार्न सहयोग र समर्थन गर्नु हुने सबैप्रति हाम्रो पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ” विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो छ विज्ञप्तिको पूर्णपाठः हाम्रो पार्टीले नेपाली जनतामाथि हुँदै आएका सबै खाले शोषण, दमन र उत्पीडनका विरुद्ध शृंखलाबद्ध रुपमाआन्दोलन गर्दै आइरहेको छ । पछिल्लो क्रममामुलरुपमासंविधान—२०७२ को घोषणा र त्यसको कार्यान्वयनभन्दै यहाँका संसदीय पार्टीहरुले आयोजना गरेको चुनाव र त्यो चुनावमाआफूलाई वामपन्थीको खोल ओडेर जनतामाभ्रमपारेर कथितवामगठबन्धनको बहुमतको भरमा बनेको केपीओली र प्रचण्डको संयुक्त सरकारले एकातिर जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सीमितअधिकारहरुमाथिपनिप्रतिबन्धलगाउँदै गएका छन् भनें अर्कोतिरआफूलाई राष्ट्रवादी भएको स्वाङ रचेको केपी र प्रचण्डले आफ्ना पुरानाप्रभुलाई देशकाजलस्रोत लगायतकाअमूल्य र आर्थिक समृद्धिकामुख्यआधारहरु प्राकृतिक सम्पदासुम्पि रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ को नेपाल भ्रमण, भ्रमणका क्रममासर्वत्र विवादित अरुण–३ को शिलन्यास, जनकपुरमा कथित नागरिक अभिनन्दनका नाममा भारतीय सेना र सुरक्षाफौजले गरेको ताण्डव नृत्य, मुस्ताङमापूरा अर्चनागर्ने नाममामोदी र उनका डफ्फाले गरेको क्रियाकलाप, राष्ट्रिय नाचघरमागरिएको स्वघोषित अभिनन्दन र नेपालका पत्रकारमाथि भारतीय सुरक्षाफौजले गरेको हर्कतलाई निरीह प्राणी झैं टुलुटुलु हेरेर बस्ने नेपालकाशासकहरुको क्रियाकलापले नेपाल र नेपालीजनताको इतिहासमा नै मानमर्दन गरेको मात्र छैन किआफ्नो लुटको स्वर्ग बचाउन यहाँ दलाल संसदीयपुँजीवादी शक्तिहरु हदै सम्मलम्पसार पर्दा रहेछन् भन्ने कुरा पुष्टि गरेको छ । मोदीको नेपाल भ्रमणका क्रममाभारतीय सुरक्षाफौज, नेपालकाशासकप्रशासकले देशभक्त नेपालीजनतामाथि गरेको दमन र केपीओली सरकारले मालिक रिझाउन गरेको राष्ट्रघातका विरुद्ध हाम्रो पार्टीले वैशाख ३० गते आजकादिन नेपालबन्दको घोषणा गरेको थियो । उक्तबन्द नेपालीजनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, जनगणतन्त्रवादीहरुको सक्रियता, समर्थन, सहयोग र ऐक्यबद्धतामा सफलभएको छ । त्यसैले यो बन्दलाई सफलपार्न सहयोग र समर्थन गर्नु हुने सबैप्रतिहाम्रो पार्टी हार्दिक धन्यवादव्यक्तगर्दछ । हाम्रो पार्टीअहिले नेपालीजनता र नेपाल राष्ट्रको पूर्ण मुक्तिअभियानमा छ । जबसम्म नेपालबाट दलालपुँजीवादी संसदीयव्यवस्थाको अन्तभई समाजवाद स्थापनाहुँदैन,तबसम्मनिरन्तर संघर्षमाहाम्रो पार्टी रहिरहने छ । यो केपी र पीकेको कथितवाम गठबन्धन र उनीहरुले भन्दै आएको समाजवादउन्मुख राज्यव्यवस्थाको भ्रममानपरी यो सत्ताको समुल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापनागर्ने अभियानमा सरिक हुनपनिआह्वानगर्दछौं । विप्लव महासचिव नेपाल कम्युनिस्ट पार्टी २०७५ वैशाख ३०