सिरानीमुनि राख्नुस् यो एउटा चीज, रोग भाग्छ टाढा
-एजेन्सी
काठमाडौं / कागतीमा धेरै औषधीय गुण छन् । यसको रस पिउँदा वा पानीमा मिसाएर पिउँदा अनेकौं रोगबाट छुटकारा पाइन्छ । कागतीको रस मात्र नभई सुगन्ध पनि लाभदायक हुन्छ । यसले दिमागमा राम्रो असर पार्छ । राति सिरानीमुनि कागती राखेर सुत्नुभएमा रातभरि ताजा हावा पाइन्छ र रोगहरूबाट पनि मुक्ति पाइन्छ । अरू फाइदा पनि यसबाट हुन्छ ।
कागतीलाई तकियामुनि राखेर सुत्दा तनावबाट मुक्ति पाइन्छ ।
उच्च रक्तचापको समस्याबाट राहत पाइन्छ ।
यसको सुगन्धले हावामा संक्रमण फैलन दिँदैन ।
कागतीमा भिटामिन सी भरपूर हुनाले यसको सुगन्ध लिँदा शरीरमा भिटामिन सीको कमी पूरा हुन्छ ।
राति घुर्ने समस्या भएका मानिसका लागि सिरानीमुनि कागती राम्रो हुन्छ ।
यसले हावालाई सफा गर्छ र सास लिन कुनै समस्या हुँदैन ।
यसको सुगन्धले दिमाग ताजा हुन्छ र राम्रो निद्रा लाग्छ ।
टाउको दुख्दा कागतीको सुगन्धले फाइदा गर्छ ।