म्याराडोनाले आफ्नै देशको टिमलाई भने ‘बेकारको टिम’, विश्वभर चर्चा

‘मेस्सी बाहेक विश्वले अर्जेन्टिनाका लागि सम्मान गुमाइसकेको छ,’ डाइरिओ पपुलरका लागि दिएको अन्तरवार्तामा म्याराडोनाले भनेका छन्, ‘अहिले हाम्रो टिमसँग कोही पनि डराउँदैन ।’ उनले थप भनेका छन्, ‘नाइजेरियाविरुद्धको अघिल्लो म्याचमा हामीले झण्डै आठ गोल खायौं ।’ फरवार्डका लागि प्रशिक्षक साम्पाओलीको छनोट उनको कार्यकालमै सबैभन्दा गलत रहेको म्याराडोनाले टिप्पणी गरेका छन् ।
उनले भने, ‘विश्वकपका लागि माउरो इकाडीमा भर पर्नु उदेकलाग्दो कुरा हो । जबकी हिगुइन उनीभन्दा १० गुणा राम्रा छन् ।’ म्याराडोनाले यतिसम्म भने, ‘त्यो केटो (साम्पाओली) लाई केही पनि थाहा छैन । उसलाई आफ्नो साथीको घरमा के खान गइरहेको छु भन्ने मात्र थाहा छ ।’ म्याराडोना एन्डालुसीयामा रहँदादेखि नै सेभिल्लाका पूर्व प्रशिक्षकसँग सम्वन्ध राम्रो नभएको बुझिन्छ ।
प्रतिक्रिया दिनुहोस्