बिहेको टीकाटालो गरिरहेका बेला बेहुलीले जन्माइन् बच्चा, भाेज खान आउनेको भागाभाग
घर भित्र्याउने बेला बच्चा जन्मेपछि लोकन्ती आएका बेहुलीका काका र भाइको जिम्मा लगाएर माइती घर पठाइएको बेहुलाका आफन्तले जनाएको छ । रोजगारीका क्रममा भारतको दिल्ली बस्दै आएका उमेशले ३ महिनाअघि केही युवतीलाई हेरेर विवाहको कुरा टुङ्याएको थियो । उनले भने, ‘म आफन्तसहित ३ महिनाअघि केटी हेर्न उनको घर गएको थिएँ, त्यतिखेर सबै ठिकै थियो, पछि कुरा टुङ्यिो र विवाह हुने बेलासम्म कसैले खबर गरेरन् । दुलही भित्र्याउने बेलामा यस्तो भयो ।’
‘उत्साहको साथ छोराको विवाह गरियो, बुहारी भित्र्याउने बेलामा यस्तो घटना भयो’, श्यामका बुवा राजकुमारले भने, ‘आफैले हेरेर मन पराएरै विवाह गरेको हो, अहिले आएर यस्तो घटना भयो, गाउँमा लाजमर्दो भयो ।’
राजकुमारले भित्र्याउनै नपाई बुहारीले छोरो जन्माएपछि आफूहरु अलमलमै परेको उनले बताए । उनले भने, ‘हामीले केही नभनी छोरी पु¥याउन आएका उनको काकासँगै लगाएर हिजै माइती पठाई दियौं, हिजै पठाए पनि केटीको माइती पक्षबाट कुनै खबर आएको छैन ।’ जन्मिएको बच्चा महिना पुगेरै जन्मिएको जस्तो देखिने स्थानीयले जानकारी दिएका छन् ।