नेकपाद्धारा बैशाख २२ गते नेपाल बन्दको घोषणा (बिज्ञप्ती सहित ) प्रकाशित मिति : 28 April, 2018 10:34 am काठमाण्डौं / नेपाल कम्युनिष्ट पार्टीले आगामी बैशाख २२ गते नेपाल बन्दको आब्हान गरेको छ । केपी शर्मा ओली नेतृत्वको एमाले माओबादी गठबन्धन सरकारले आप्ना नेता कार्यकर्तामाथी दमन धरपकड बढाएको भन्दै नेपाल बन्दको आब्हान गरेको हो । सरकारले फासिष्ट रबैया र दमन नरोकिए प्रतिरोध गर्ने चेतावनी दिदैं नेकपाले देशैभरि जनयुद्धको झल्को दिने गरी ओली सरकारले १२ जना नेता कार्यकर्तालाई वेपता पारेको भन्दै यस्ता खालको गतिबिधी कायम राखे प्रहरी प्रुसाशनको हर्कतका कारण देश गृहयुद्धमा जाने चेतावनी दिएका छन । शुक्रबार नेकपाका महासचिव विप्लपले एक प्रेस वक्तब्य जारी गर्दै आप्नो नेता कार्यकर्तालाई शान्तिपुर्ण आन्दोलनमा सहभागी भईरहेका बेला गिरप्तार र झुठा मुद्दा लगाएर फासिस्ट हर्कत जारी राखेकोमा आक्रोस समेत पोखेका छन । घोषित कार्यक्रम अनुसार बैशाख १९ गते देशैभर विरोध प्रदर्शन,२० गते कोण सभाहरु,२१ गते साँझ मसाल जुलुस र २० गते नेपाल बन्दको आब्हान गरिएको छ । बन्द कार्यक्रमलाई सफल पार्न न्यायप्रेमी देशभक्त,वामपन्थि र प्रगतिशील पक्षहरुसंग अपिल गरिएको छ ।