किमले वार्ता चाहेको ट्रम्पको भनाई प्रकाशित मिति : 27 April, 2018 10:41 am वासिङ्टन, संयुक्त राज्य अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाउँनुभएको छ । अमेरिकी नेता ट्रम्पले यसपहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको शुरूमा आफूहरू (ट्रम्प र किम)को भेटवार्ता हुने बताउनुभएको थियो । फाइल तस्विर । अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भन्नुभयो, “हामीले अझै शिखर सम्मेलनका लागि मितिको निर्णय गर्न बाँकी छ । हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ । यो सम्भवतः नजिक ल्याइने छ ।” कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफल पछि विश्व समुदायको चासोको बिषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ । ट्रम्पले भन्नुभयो, “कसले जानोस छलफल शुरूहुँदासाथ म बाहिरिने छु वा बैठक नै हुनेछैन ।” उनीहरू (कोरियालीहरू) अहिले भेट्न चाहेका छन् र सम्भवत कुराकानी हुनेछ । रासस/एएफपी