गोरखावासिले दिए संसदहरुलाई सुझाव, प्रदेश ४ को नाम गोरखा नै हुनुपर्ने प्रकाशित मिति : 22 April, 2018 8:04 pm गोरखा संवाददाता गोरखा / ४ नम्बर प्रदेशको नाम गोरखा प्रदेश राख्न आइतबार गोरखाबासीले सांसदहरुलाई सुझाव दिएका छन् । प्रदेशको राजधानी तथा नामाङकन समितिले सदमुकाममा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्ने अधिकांसले प्रदेशको नाम गोरखा प्रदेश राख्न सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै सहभागीहरुले नेपालकै पहिचान बिश्वसामु पु¥याउन गोरखाले महत्वपूर्ण योगदान पु¥याएको भन्दै त्यसलाई भुल्न नहुनेमा जोड दिएका छन् । उनिहरुले गोरखाले नेपाल एकिकरण देखि लिएर नेपालको पहिचानलाई स्थापित गरेको भन्दै गोरखा नामाङकन गरे ४ नम्बर प्रदेश सवै जनताको भावना समेटिन सक्ने बताएका छन् । कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखाका मेयर राजनराज पन्तले सम्रग गोरखा नगरपालिकाबासीले चाहान ४ नम्बर प्रदेशको नाम गोरखा होस भन्ने रहेको बताउनु भयो । उहाँले गोरखाले गोरखाबासीको मात्र नभएर देशको पहिचानलाई बोकेको भन्दै कुनै पार्टी बिशेष भन्दा पनि सवैको भावना यसमा समेटिने बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम बहादुर गुरुङले सवैजातजाती भाषाभाषीको पहिचान समेट्नका लागि ४ नम्बर प्रदेशको नाम गोरखा प्रदेश राख्नु पर्ने सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका गोरखा जिल्ला संयोजक जगन्नाथ खनालले प्रदेशको नमाङकन गर्दा सवैको भावना समेटिने गरी राख्नुपर्नेमा जोड दिनु भयो । उहाँले गोरखा प्रदेशमा सहमती हुन नसके गोरखा–तमुबान हुनसक्ने भन्दै प्रदेश संसदले उपयुक्त निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रम नयाँ शक्तिपार्टी नेपालका केन्द्रिय परिषद् सदस्य एवं पूर्व सभासद ज्ञानेन्द्र कुमालले प्रदेशको नाम धेरै अल्झिन नहुने बताउनुभयो । उहाँले प्रदेशको नाम गोरखा नै अहिलेको उत्तम बिकल्प रहेको भन्दै नामले त्यति ठूलो तात्विक फरक नपर्ने दावी गर्नुभयो । सुझाब संकलन कार्यक्रममा बोल्दै बिभिन्न गाउँपालिका उप्रमखहरुले प्रदेश नम्बर ४ को नाम गोरखा राख्न सुझाव दिएका छन् । कार्यक्रममा अधिबक्ता स्थानेश्वर दुवाडीले सुझाव संकलन देखावटी मात्र हुन सक्ने भन्दै साच्चैको सुझाव अनुसार निणर्य गर्ने भए यो प्रदेशको नाम गोरखा प्रदेश नै हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्ने नेकपा माओबादी केन्द्रका केही प्रतिनिधिहरुले भने प्रदेशको नाम तमुबान प्रदेश हुनु पर्ने सुझाव दिएका छन् । उनिहरुले ४ नम्बर प्रदेश भित्र तामाङ समुदायको बाहुल्य रहेको र त्यहाँ गुरुङ मगर समुदायको पनि बाहुल्य रहेको प्रदेशको नाम तमुवान प्रदेश हुनु पर्ने सुझाव दिएका हुन् । तमुवान प्रदेश हुनु पर्ने सुझाब दिनेहरुमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अंकुर तिमल्सीना, सपना सुवर्णकार लगायत रहेका छन् । सुझाव संकलन कार्यक्रममा प्रदेशको केन्द्र सम्बन्धमा भने अधिकांसको धारणा केन्द्र पोखरा नै उपयुक्त हुने सुझाव दिएका छन् । त्यस्तै केही ४ नम्बर प्रदेशको केन्द्र पालुङटार तथा डुम्रेलाई मिलाएर बनाउनु पर्ने बताएका छन् भने केही दमौलीलाई प्रदेशको केन्द्र तोक्नु पर्नेमा सुझाव दिएका छन् । कार्यक्रममा प्रदेशबाट सुझाव संकलन गर्न प्रदेश सांसद हरिशरण आर्चाय तथा सरिता गुरुङको टोली गोरखा आउनु भएको थियो । सुझाब संकलन कार्यक्रममा प्रदेश सांसद मनकुमारी गुरुङ, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका नेता तथा गाउँपालिका प्रमुख उपप्रमुख लगायतको सहभागिता रहेको थियो । -दिपक श्रेष्ठ