व्यानरको विषयमा विवाद, दुई वटा व्यानर राखि कार्यक्रम संचालन

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन व्यानरको विषयमा विवाद भए पछि दुई वटा व्यानर राखेर कार्यक्रम सुरु भएको छ । पार्टी एकता संयोजन समितिको आयोजित कार्यक्रममा एमाले नेता विष्णु पौडेलले स्वागत मन्तव्य राखेका छन् । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दैछन् ।

आइतबार सभागृहमा आयोजना गरिएको कार्यक्रममा लेनिन र माओको फोटो नराखिएको भन्दै एमाले ९माओवादी कार्यकर्ताले होहल्ला गरेपछि कार्यक्रम अवरुद्ध भए पछि ब्यानर नै हटाइएको थियो । दुई पार्टीका शीर्ष नेतासहितको सहमति पछि नयाँ र पुराना व्यानर राख्ने समझदारी भएपछि कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपि वलीले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्