नेपालले सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई पराजित गर्नै पर्ने बाध्यता प्रकाशित मिति : 22 April, 2018 10:44 am काठमाण्डौं / नेपाली राष्ट्रिय भलिबल टोली सियाली भलिबल महासंघ एभीसी सेन्ट्रल जोन प्रतियोगिताको पहिलो खेलमै आयोजक बंगलादेशविरुद्ध पराजित भएको छ। नेपाल शनिबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशसँग २६(२४, १८(२५, १४(२५, २१(२५ को सेटमा पराजित भयो। प्रतियोगिताको पहिलो पराजयका बाबजुद नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने जीवितै रहेको छ। त्यसका लागि आइतबार हुने समूह चरणको अर्को खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्नै पर्ने हुन्छ। बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु स्टेडियममा भएको खेलमा पराजयपछि प्रतिक्रिया दिदै टोलीका कप्तान इम रानामगरले रिसिभमै कमजोरी हुँदा जित्नै पर्ने खेल गुमाएको बताएका छन्। रिसिभ निकै कमजोर भयो’, कप्तान रानाले भने, ‘अझै सेमिफाइनल पुग्ने सम्भावना सकिसकेको छैन। यस खेलमा देखिएको कमजोरीलाई सुधार्दै माल्दिभ्सविरुद्धको खेलमा जितसँगै सेमिफाइनल प्रवेशका लागि खेल्ने छौं।’ तीन खेलाडीको डेब्यु बंगलादेशविरुद्धको खेलसँगै तीन नेपाली खेलाडी क्विक स्पाइकर दीपकराज जोशी, अलराउन्डर राजु शेरचन र लिब्रो विनोदबहादुर चन्दले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्।।नेपाल पुलिस क्लबका जोशीले पहिलो सेटबाटै खेल्ने अवसर पाएका थिए भने नेपाल पुलिसका अर्का खेलाडी शेरचन र एपीएफ क्लबका चन्दले भने दोस्रो सेटको खेलमा अवसर पाएका थिए ।