रु एक करोड भन्दा बढी राजश्व संकलन


0
Shares

नवलपरासी / पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत महिनामा रु एक करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ रु ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ रु चार लाख दुई हजार ५४८, सेवा दस्तुरतर्फ रु एक लाख २५ हजार, अन्तशुल्कतर्फ रु २१ हजार ६४७ र मूल्य अभिवृद्धि करतर्फ रु ४५ लाख ९८ हजार २५६ गरी कुल रु एक करोड पाँच लाख २३ हजार ४६५ राजश्व संकलन भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्