नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने ओली सरकारको घोषणा । प्रकाशित मिति : 19 February, 2018 3:30 pm काठमाण्डौं, ७ फागुन । विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई सरकारले हौसला प्रदान गर्न सक्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलप्रेमीको उक्त आवाज सम्बोधन गरेका छन् । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३–३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक–एक लाख रुपैयाँ थप्ने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने बताएका छन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एक–एक लाख थप गर्ने घोषणा गरेका छन् ।