खोटाङबाट श्रम संस्कृति पार्टीको ऐतिहासिक जित


0
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टी ले पहिलो पटक जित हासिल गर्दै आफ्नो खाता खोलेको छ। खोटाङ बाट पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का देवबिक्रम राई ले १२ हजार ७१४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेस का वीरकाजी राई ले ११ हजार ९५७ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी का हरि रोका ले ९ हजार ४४३ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का रुद्र गिरी ले ५ हजार ७०४ मत पाएका छन्।

यो जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक आफ्नो उपस्थिति दर्ज गराएको छ।


प्रतिक्रिया दिनुहोस्