कांग्रेसको निर्णय- देउवाको योगदानको उच्च मूल्यांकन, अब अभिभावकीय भूमिका रहने विश्वास

नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। 

शनिबार बानेश्वरमा बसेको केन्द्रीय समिति बैठकले देउवालाई अभिभावकीय भूमिकामा निरन्तर रहन आग्रह गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले देउवाले पार्टीलाई पुर्‍याएको योगदान र प्रदान गरेको नेतृत्वको उच्च मूूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिए। 

‘शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई पुर्‍याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्यालंकन गर्दै आभार व्यक्त गर्ने निर्णय भएको छ,’ चालिसेले भने, ‘आगामी दिनमा पनि उहाँको अभिभावकीय भूमिका पार्टीका लागि निरन्तर रहिरहनेछ भन्ने विश्वासका साथ आजको बैठकले उहाँलाई आग्रह र सम्मान गरेको छ।’

‘पार्टीलाई अझ बलियो बनाउन सबैले आआफ्नो तहबाट महत्वपूर्ण योगदान पुर्‍याउनुपर्छ भन्ने आग्रह बैठकले गरेको छ,’ उनले थपे।


प्रतिक्रिया दिनुहोस्