सर्वोच्च अदालत जाने कांग्रेस देउवा समूहको निर्णय

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए ।

‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भने, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’

नेता महतले निर्वाचन आयोगले आफूहरुलाई बोलाउँदा पनि नबोलाएर कुनै औपचारिकतासमेत पूरा नगरेर विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको आरोप लगाए । ‘नजिर, विधान, निर्वाचनसम्बन्धी व्यवस्था कुनै पनि पालना नगरेको हाम्रो ठहर छ’, उनले थपे, ‘अन्यायपूर्ण निर्णय भएकोले सर्वोच्च अदालतमा केस प्रस्तुत गर्छौं ।

उनले निर्वाचन आयोगले निर्णय गर्दैमा आधिकारिक नहुने भन्दै अदालत जान लागेको बताए । यसका लागि राजनीतिक प्रतिवादको पनि तयारी गरेको उनले बताए । त्यसका लागि विभिन्न स्वरुपमबारे छलफल अघि बढाएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्