प्रधानमन्त्री सुशीला कार्की आफूहरू दल र जेनजी दुवैबाट अचानोमा परेको बताएकी छन्। बिहीबार बाह्रखरी उत्कृष्ट कथा विजेता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले दुवै पक्षले आफूलाई दबाब दिएको बताएकी हुन्। ‘पोलिटिकल पार्टीले पनि आजै छोड् भन्छ। जेनजीले पनि आजै छोड् भन्छ। छोडेपछि थुक्क भन्लान्। हामी त अचानो भयौं,’ उनले भनिन्। उनले सरकार अहिले जे गरे पनि सुख नपाउने अवस्थामा रहेको बताए। उनले आफ्नै बारेमा कथा लेखे पनि हुने अवस्था रहेको बताइन्।