ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र ओछ्याउने म्याट्रेस १५ मिटर पनि उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यूक हां विर हांगाम ९डम्बर० सहितको टोली घटनास्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गरिएको हो ।

स्थानीयका अनुसार नरेन्द्र थोप्राको घरमा मंगलबार दिउँसो आगलागी भएको थियो । सो घरमा पेम्बा शेर्पा अस्थायी रुपमा बस्दै आउनुभएको थियो । भान्सा कोठाको चुलोबाट सुरु भएको आगोले ढुङ्गा–माटोले बनेको फुसको छानो सहित घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्