एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

काठमडौँ – माध्यमिक शिक्षा परीक्षा एसईई प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्र िरघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् ।

बजेटमा पनि एसईइ प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीईभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीईभीटीमा भर्ना के गर्ने,’ उनको प्रस्ताव छ, ‘सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’

मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको छैन । उपसमितिले पनि एसईई नराख्ने सहमति छ ।


प्रतिक्रिया दिनुहोस्