अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन

 काठमाडौं – शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की ।

उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’ सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए ।

‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्