ताप्लेजुङको सान्थाक्रामा ५ दिने उद्धघोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको सान्थाक्रामा उद्धघोषण, भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।

नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिका वडा न. २ सान्थाक्रा कार्य समितिले गत असार ३ गतेदेखि आयोजना गरेको ५ दिने तालिम आईतबार सम्पन्न भएको हो । सान्थाक्राको पर्यटकीय स्थल गुराँसे पोखरीमा सञ्चालन गरिएको तालिम नेपाल शेर्पा संघका केन्द्रिय सदस्य तथा ताप्लेजुङ शेर्पा समाज संस्थापक अध्यक्ष दावा (डिएन) शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तालिम शेर्पा समुदाय भित्रका युवाहरुको थप क्षमता बिकास गर्ने उदेश्यले आयोजना गरिएको संघका अध्यक्ष दावा ओङ्ज्यु शेर्पाले बताएका छन् । अध्यक्ष शेर्पाका अनुसार ५ दिनसम्म सञ्चालन गरिएको तालिममा उद्धघोषण, भाषाकला तथा नेतृत्व बिकास अन्तर्गत भौचर–निवेदन लेखन तथा कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयहरु प्रकाश पारिएको थियो ।

१८ जनाको सहभागीता रहेको तालिमको सहजीकरण नेपाल शेर्पा संघ केन्द्रिय सदस्य तथा ताप्लेजुङ शेर्पा समाज संस्थापक शेर्पा, नेपाल शेर्पा संघ ताप्लेजुङका सचिव फुर्बा शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा शेर्पा र दावा शेर्पाले गरेका थिए । आधारभुत तालिमले केही मात्रामा भएपनि क्षमताको बिकास भएको र आगामी दिनमा अझै यस्तै थप तालिमको व्यवस्था गर्नुपर्ने सहभागी प्रशिक्षार्थीहरुको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्