साङक देछ्योलिङ गोन्पा विद्यालयले गर्यो पर्यटकीय स्थल सुकेटार परिसरको सरसफाइ

 ताप्लेजुङ । ताप्लेजुङको पर्यटकीय स्थल सुकेटार परिसरको सरसफाइ गरिएको छ । साङक देछ्योलिङ गोन्पा विद्यालयले फुङलिङ नगरपालिका वडा नं. ६ र ९ मा रहेको उक्त सुकेटार परिसरमा सरसफाइ गरेको हो ।

सुकेटार क्षेत्र सँगै त्यहाँ रहेका गोन्पाहरु साथै बिनानस्थल परिसरमा रहेका बिभिन्न कागज, प्लास्टिकका टुक्राहरू तथा बोतलहरू उठाएर सफा गरिएको विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले बताएका छन् । सरसफाइ कार्यक्रममा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू तथा सुरक्षाकर्मीहरू समेतको सहभागी रहेको थियो ।

२५६७औं बुद्धजयन्तीको अवसरमा विद्यालयले सरसफाइ कार्यक्रम राखेको उनले बताएका छन् । बुद्ध जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइने गरिन्छ । जुन बुद्धको त्रिसंयोग जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख पूर्णिमाकै तिथिमा परेकाले यो अवसरमा विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्ध प्रति भावपूर्ण श्रद्धा र भक्ति होस भनी बुद्धजयन्ती मनाउने गरेका छन् ।   

सोही अवसरमा भोलि बुद्धजयन्ती साङक देछ्योलिङ गोन्पा विद्यालयमा मनाइने प्रधानाध्यापक शेर्पाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्