विद्यार्थीहरूको हकहित, अधिकार र क्याम्पसका विकासक लागि सँधै भूमिकामा हुने छु : मिलन प्रधान प्रकाशित मिति : 16 March, 2023 11:46 am विद्यार्थी आन्दोलनको एक महत्वपूर्ण उपलब्धिका रुममा लिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउन तीन दिन बाँकी छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका ६२ वटा आंगिक क्याम्पसमा आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । २०७३ पछि हुन लागेको स्ववियु निर्वाचन कतिपय क्याम्पसहरूमा विवादका कारण मिति सारिएको छ भने कतिपयमा स्थगित भएको छ । मिनी संसद्को रूपमा हेरिने स्ववियु निर्वाचनको अनिश्चताले सिंगो विद्यार्थीको भविष्यमा अन्यौलतन देखिरहेको बेला निर्वाचनको मिति घोषणा भए सँगै देशै भरका विद्यार्थीहरू उत्साह देखिएका हुन् । यो सँगै ताप्लेजुङ पनि निर्वाचनमय भएको छ । जिल्लामा एक मात्रै पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ६ वटा विद्यार्थी सङ्गठनले दुई प्यानल बनाए निर्वाचनको मैदानमा उत्रिएका छन् । ६ ओटा विद्यार्थी संगठन मध्ये नेकपा एमाले निकट अनेरास्ववियु र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको एउटा प्यानल र बाँकी ४ ओटा विद्यार्थी सङ्गठनले अर्को प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको हो । २ ओटा विद्यार्थी संगठन आबद्ध भएको प्यानलमा सभापतिको लागि अनेरास्ववियुबाट मिलन प्रधान, सचिवमा समाजवादी विद्यार्थी युनियनबाट सरगम शेर्पा र कोषाध्यक्षमा अनेरास्ववियुबाट अनिता हेल्लोक लिम्बूले उम्मेद्वारी दिएका छन् । प्रत्यक्ष निर्वाचित सदस्यतर्फ दुवै सङ्गठनका ३–३ जनाले उम्मेद्वारी दिएका छन् । अनेरास्ववियुबाट सनुजा गौतम, शुसिला गुरुङ र सुर्य शेर्पा रहेका छन् । त्यस्तै समाजवादी विद्यार्थी युनियनबाट लाजरस लिम्बू, सुनिल लिम्बू र शोभा लिम्बुले उम्मेद्वारी दर्ता गराएका छन् । निशुल्क र गुणस्तरीय शिक्षाको लागी हाम्रो प्रतिबद्धता अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको आवश्यकता मूल नाराका साथ स्ववियु निर्वाचनमा होमिएका सभापति पदका उम्मेद्वार मिलन प्रधानले यदि आफ्नो जित भएको खण्डमा विद्यार्थीहरूको हकहित, अधिकार र समग्र क्याम्पसको विकासको लागि सधैँ भूमिकामा रहने बताए । उने भने, ‘जित मेरो पक्षमा भए म लगायत हाम्रो प्यानल क्याम्पसका तमाम विद्यार्थीहरूको हकहित, अधिकार र क्याम्पसको प्रगतिको पक्षमा स्ववियु सञ्चालन गर्ने छौं ।’ गुटगत राजनीतिको अन्त्यक्याम्पसमा गुटगत राजनीति भएको भन्दै यसलाई अन्त्य गर्न पहल गर्ने उनले बताए । यो सँगै मनोमानी ढंगबाट क्याम्पसमा कर्मचारी नियुक्ति हुने प्रवृत्तिको अन्त्य अति आवश्यक रहेको भन्दै यसलाई अन्त्य गर्न आफू सँगै आफ्नो प्यानल अघि बढ्ने उनी बताउँछन । के छ योजना ?विद्यार्थीको स्वास्थ्य बिमालाई प्रभाकारी रुपले कार्यान्वयन गर्नुका साथै विद्यार्थीको फर्म भर्ना र रिजल्ट तथा आर्थिक कारोबार अनलाई माध्यम बाट गर्न पहल गरिने सभापति पदका उम्मेद्वार मिलन प्रधानले बताए । उनले भने, ‘यति विद्यार्थीहरूको फर्म भर्ना र रिजल्ट साथै आर्थिक कारोबारलाई अनलाई माध्यमबाट गर्न सकियो भने समयको सदुपयोग सँगै धेरै झनझडबाट बच्न सकिन्छ । त्यसैले यी कुरामा भने मेरो ध्यान जाने छ ।’ क्याम्पसमा हुँदै आएको अनियमिता र नाराम्रा कुराको अत्यमा भने सधैँ आफनो अग्रता रहने बताउँदै उनले भने, ‘त्रि.वी.को मापदण्डलाई छल्न अर्को शिर्षक राखि उठाउने गरेको शिक्षण शुल्कको नियमन गरी बन्द गर्ने प्रयास गर्ने छु ।’ यो सँगै प्राध्यापक, कर्मचारी र विद्यार्थी विचको पारस्पारिक सम्बन्ध हार्दिकताका आधारमा अगाडी बढाई निरन्तर सहकार्यको वाताबरण निर्माणको पहल गर्ने उनले बताए । उनले थपे यो सँगै क्याम्पसलाई आंगिक बनाउन म लगायत मेरो प्यानलको पहल रहेने छ । यसका लागि विद्यार्थी साथिहरुलो म सँगै मेरो प्यानलाई भरोसा गर्नुहुन्छ भन्ने आशा लिएको छु । क्याम्पस क्षेत्रमा हुने विभिन्न देलकुदका लागी इन्डोर हल निर्माण गर्न पहल गर्ने पनि उनले बताए । आर्थिकले क्यापस संचालनको मूख्य भूमिका निर्वाह गरेको हुन्छ त्यसैले क्याम्पस संचालनका लागि सरकारी बजेटलाई थव पहलमा अघि बढ्ने उनी बताउँछन् । क्याम्पसमा आवश्यक पर्ने भौनिक संरचनाल थता स्वच्छ खाने पानीका लागि जोडदार पहल गर्ने योजना रहेको बताए । यो सँगै गरिब जेहेन्दार विद्यार्थीहरुलाई पुर्ण तथा आंशिक छात्रवृतिको व्यावस्थालई सुतिश्चित गर्ने योजना रहेको उनी बताउँछन । अहिले हामि प्रविधिको जमाना रहेको भन्दै उनले भने, ‘अनलाई कक्षा सञ्चालन गरी अध्यन अध्यापनलाई सहज बनाउन विषेश पहल म लागायत हाम्रो टिमबाट हुने छ ।’ लाम समयदेखि हुन नसकेको स्ववियु निर्वाचान आगामी चैत्र ५ गते हुँदै छ । उक्त स्ववियु निर्वाचनका लागि पाथीभरा बहुमुखी क्याम्पसमा ९ सय ८४ जना मतदाता रहेका छन् ।